सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३० । गरिब र न्यून आय भएका नागरिकका लागि तयार पारिएका भवन प्रदेश प्रमुख र प्रदेश सरकारका मुख्यमन्त्रीलाई दिने तयारी भएको भन्दै उक्त भवन मुख्यमन्त्रीको सट्टा सांसद्हरूलाई दिन माग भएको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्री नियमित रूपमा उपत्यकामा नबस्ने भएकाले ती आवास सांसद्लाई उपलव्ध गराउन काँग्रेस सांसद् दिव्यमणि राजभण्डारीले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
अस्थायी मुकाममा नै आवास र कार्यालय रहेकाले प्रदेश प्रमुखलाई उपत्यकामा पनि आवासको व्यवस्था गर्नु उचित नहुने भन्दै राजभण्डारीले आवास आफूहरुलाई दिन माग गर्नुभयो ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीहरू धेरै यहाँ बस्नुहुन्न । गरिब पहिचान गरी जनतालाई दिने भनिएका घरहरू प्रयोगविहीन छन् । बरु त्यस्ता भवन सांसद्का लागि दिइयोस् ।’
नागार्जुन नगरपालिकाको इचङ्गुनारायणमा निर्माण सम्पन्न भएका ती भवनहरू चार वर्षदेखि प्रयोगविहीन छन् । प्रयोगविहीन भवन प्रदेश प्रमुख र मुख्यमन्त्रीलाइ दिन लागिएको खबर सार्वजनिक भएसँगै सांसद्ले पनि उक्त आवास माग गरेका हुन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा