सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन २९ । एनआई सी एशिया बैंक र प्रभु लाईफइन्स्योरेन्स कम्पनी विच बैंकास्योरेन्स सम्झौता भएको छ ।
बैङ्क तथा इन्स्योरेन्सबीच आईतवार आयोजित एक कार्यक्रमकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैङ्कका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले प्रभु लाइफ ईन्स्योरेन्सले प्रदान गर्ने जिवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ ।
हाल बैङ्कले देशभर २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा