सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धेरै समयदेखी दिपिका पादुकोण र रणवीरको विवाहको खबर आइरहेको थियो । यद्यपी, अहिलेसम्म यी दुबै स्टारको तर्फबाट भने कुनै पनि धारणा सार्वजनिक भएको छैन । तर हालैमात्र दिपिका र रणविरले आफनो विवाहको दिन तय गरेका छन् भने पाहुनाहरुको सुची पनि तयार पारेका छन् ।
केही समय पहिला खबर आएको थियो कि दिप–वीर ले श्रीलंकामा भ्याकेशनको दौरान आफनो परिवारहरुको विच इन्गेजमेन्ट गरे । यसपछि अबर आयो कि अनुष्का शर्मा र विराट कोहली जस्तै दिपिका–रणविर पनि इटलीको लेक कोमोमा विवाह गर्र्दे छन् ।
फिल्मफेयर रिपोर्ट अनुसार दिपिका–रणविरले आफनो विवाह २० नोभेम्बरमा गर्ने तय गरेका छन् । यो जानकारी दिपिका तथा रणविरको सुत्रबाट मिलेको हो । पाहुनाहरुमा भने उनीहरुको यो निकै महत्वपुर्ण भएका कारण उनीहरुका नजिकका साथीहरु र आफन्तहरु समावेश हुनेछन् ।
विवाहमा करीब ३० जना सहभागी हुने आशा गरीएको छ । उनीहरुको विवाह इटलीमा हुने तय भएको छ जुन दुबै जनाको रोजाइको ठाउँ पनि हो । विवाह पछि दुई दिन रिसेप्शन पार्टी हुनेछ एउटा मुंबईमा भने अर्को दिपिकाको घर बेंगलुरुमा दिइनेछ ।
अभिनेता कबीर बेदीले रणविर र दिपिकाको विवाहको दिन तय भएकोमा वधाई दिदै सार्वजनिक गरेका थिए । उनले ट्विटरमा लेखेका थिए, ‘Great couple! Great locale in Italy! Great event!
Wishing @RanveerOfficial and @deepikapadukone a wonderful wedding, and a lifetime of happiness.’
वि. सं २०८१ सालको वार्षिक राशिफल वि. सं २०८१ सालमा कालयुक्त नामको संवत्सर रहेको छ। यो वर्षको राजा मङ्गल ग्रह रहेको छ भने मन्त्री शनि ग्रह रहेको छ। मेष (चु, चे, चो, ला, लि, लु,... विस्तृतमा