सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दक्षिण पश्चिम चिनको युनांन प्रान्तमा भएको भुकम्पमा परी १८ जना घाइते भएका छन् । भुकम्प ५ रेक्टर स्केलको नापिएको छ ।
प्रान्तको नागरीक विभागले दिएको जानकारी अनुसार भुकम्पबाट टोंगई र हूय आनिंग काउंटी तथा जियांगचुआन जिल्लाको ६ हजार भन्दा बढि घरहरु क्षतीग्रस्त भएका छन् भने ४८ हजार भन्दा बढि मानिसहरु प्रभावीत भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
चीन भुकम्प नेटवर्क केन्द्र ले बताए अनुसार हिजो आएको भुकम्प ७ किलोमिटर को गहिराइ नापिएको छ ।
सरकारी समाचार एजेन्सि “शिन्हुआ” ले टोंगई के अर्थोपेडिक हस्पिटल को एक नर्स चांग लीलाई हवाल दिदै भनेका छन् “मेरो कार्यालयमा राखिएको सामानहरु हल्लिए, मैले चर्को आवाज सुने” ।
चांगले बताए अनुसार जब उनी आफनो घरमा पुगिन तब उनकी आमाको खुट्टा हिलोमा दबिएको थियो, उनले भनिन “प्रहरि तथा चिकित्सा स्टाफको मद्यतले उनलाई अस्पतला लगियो”।
भुकम्पको केन्द्र टोंगईको सीजे शहरमा परेको थियो, जहाँ हजारौ मानिसहरुले रात आश्रय गृहमा विताउन बाध्य बनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा