सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टोक्यो, जेएनएन । खाना खाएपछिका भाडाकुडाहरु सफा गर्न कतिलाई अल्छि लाग्छ, यदी तपाईलाई पनि आफनो हातले भाडाकुडा सफा गर्न असजिलो महसुस हुन सक्छ तथा तपाईसँग समय छैन भने अब निराश हुनु पर्देन । अब रोबटले तपाईको फोहोर भएका भाडाकुडा सफा गर्नेछ ।
भाडा माझ्ने यो रोबोट जापानको एक कम्पनिले तयार गरेको छ । यसलाई स्क्रबिंग रोबोटको नामले बोलाइन्छ यद्यपी, कम्पनीले यसलाई “कुरु सारा वास” नाम दिइएको छ ।
“कुरु सारा वास” देख्दा साधारण देखिन्छ, तर यसले धेरै राम्रोसँग सफाई गर्दछ । यसले एक मिनेटमै प्लेट र कचौरा चम्किलो बनाएर धुन्छ । तपाईले केबल यसको खोचमा माझ्नु पर्ने भाडाकुडाहरु हाल्नु मात्र पर्ने हुन्छ । यसपछि बटम दबाएपछि प्लेट, कचौरा वा भाडाकुडाहरु घुम्न थाल्छ । यसले भाडाकुडामा भएको फोहोर तथा चिल्लोपनहरु पुरै हटाउछ र चम्किलो बनाउछ ।
यसलाई बेच्ने तथा प्रयोग गर्नेहरुका अनुसार यसले समय र खर्च पनि बचाउछ भने यो सुरक्षित पनि भएको बताएका छन् ।
कम्पनिको अनुसार कुरु सारा वास रोबोटिक लिंब ब्याट्रीले चल्छ भने ब्याट्रिलाई रिचार्ज पनि गर्न सकिन्छ । यसको एउटा कम्पार्टमेन्टमा साबुन हाल्नु पर्नेहुन्छ । यो रोबोटले एउटा प्लेट र कचौरा केबल ३ देखी १० सेकेन्डमा धुन सक्ने कम्पनिले दावी गरेको छ । जापानमा यसको मुल्य ८ हजार ५ सय तोकीएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा