सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २८ । मेगा बैंक र स्टार हस्पिटल विच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकको मुख्य कार्यालय राइजिङ मलमा आज एक कार्यक्रमका विच उक्त सम्भौतापत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा. सन्देश जिसीले हस्ताक्षर गरेका छन् ।
बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको वरिष्ठ नायब महाप्रबन्धक ढकालले जानकारी दिए।
सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले स्टार अस्पतालमा उपचार गराउँदा आइसीयू, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, ल्याब टेष्ट, एक्सरे, इसिजी, इन्डोस्कपी, क्लोनोकपी, यूएसजी, इइजी, सिटी स्क्यान, पीएफटी लगायतका परीक्षण, औषधी र शल्यक्रियामा १०–१० प्रतिशत छुट पाउने छन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता खाले योजनाहरु ल्याईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा