सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउन २८ । पाकिस्तानको नवनिर्वाचित सांसदहरुको पहिलो बैठक आज बस्दैछ, जसबाट नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया शुरु हुनेछ । पाकिस्तानको राष्ट्रपति ममनून हुसैनले विहान १० बजे नेशनल एसेबलीको पहिलो बैठक बोलाएका छन। यो तल्लो सदनको पहिलो बैठक हुनेछ । यसपछि पुर्व क्रिकेटर इमरान खान सदनमा आफनो बहुमत साबित गर्नेछन् ।
नयाँ सदस्यहरुलाई शपथ गाराउदै स्पीकर
पछिल्लो नेशनल एसेम्बलीका स्पीकर अयाज सादिक नयाँ सदनका सदस्यहरुलाई शपथ दिलाउनेछन् । यो प्रक्रियापछि नयाँ सदनको स्पीकर तथा डिप्टी स्पीकरको चुनाव गराइनेछ । नयाँ स्पीकरको चुनावपछि बर्तमान स्पीकरले नयाँ स्पीकरलाई शपथ दिलाउनेछन् र नयाँ सदनको कार्यभार सुम्पिनेछन् ।
इमरान खानले बहुमत पाउने सम्भावना
२५ जुलाईमा पाकिस्तानमा भएको आम चुनावमा इमरान खानको पार्टी तहरीक–ए–इंसाफ (पीटीआइ) सबैभन्दा ठुलो पार्टी बनेर अगाडि आएको छ । सबैभन्दा ठुलो पार्टी बन्दा पनि पिटिआइले बहुमत ल्याउन भने सकेन ।
उसले चुनावमा ११६ सिटमा विजयी हासिल गरेको थियो यद्यपी, यसमा नौ निर्दलीय सदस्य समावेश भएपछि यो संख्या १२ं५ पुगेको छ । महिलाहरुको आरक्षित ६० सिट मध्ये २८ सिट जितेसँगै पीटीआइ को सिट संख्या १५८ पुगेको छ । यद्यपी, ३४२ सदस्यको सदनमा बहुमतको लागी पीटीआइ लाई १७२ सिट आवश्यक पर्छ तर उनलाई केही साना दलहरुबाट पनि समर्थन मिलेको छ ।
पछिल्लो राजनितिक घटनाक्रमलाई हेर्ने हो भने इमरान खानले कम्तिमा पनि १८० सदस्यको समर्थन पाउने विश्वास लिइएको छ ।
१८ अगस्टमा शपथ ग्रहण
पाकिस्तान तहरीक–ए–इंसाफ (पिटीआई) का अध्यक्ष इमरान खान पाकिस्तानको प्रधानमन्त्रि पदको लागी हुने शपथ ग्रहणको मिति तय भईसकेको छ । पहिलो खबर अनुसार १४ अगस्टमा शपथ लिने बताइए पनि पार्टि प्रवक्ता फैजल जावेद खानका अनुसार इमरान खानको शपथ ग्रहण १९ अगस्टमा निश्चित भएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा