सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २७ । एनआईसी एशिया बैंङ्क र जनरल ईन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । बैङ्क तथा इन्स्योरेन्सबीच आईतवार आयोजित एक कार्यक्रमकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैङ्कका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोटले सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ ।
हाल बैङ्कले देशभर २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ । गत असार मसान्तसम्म बैङ्कले १ खर्व ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्व रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा