सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन २७ । सिटिजन्स बैंकले कंचनपुरको श्री मालिका बाल विद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक नरेन्द्र चन्दले कंचनपुरको भीमदत्त नगरपालिका वडा नं २, भासीमा रहेको श्री मालिका बाल विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० को चेक हस्तान्तरण गरे ।
उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार २ सय तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४ सय ५० को छात्रवृति प्रदान गरिने विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायले जानकारी दिए ।
बैंकका शाखा प्रबन्धक चन्दले छात्रवृतिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा