सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एक यूरोपीयन बिजनेसम्यानले आलुको एउटा तस्विरलाई १ मिलियन युरो (१२ करोड ५८ लाख ५३ हजार रुपैया) मा किनेका छन् । जोकोही यो कुरालाई सुनेर चकित हुन्छन कि उक्त तस्विरमा त्यस्तो के थियो जसलाई १ मिलियन युरो तिरियो । यो तस्विरलाई एउटा लोकप्रिय आयरिश फोटोग्राफर लेन्सम्यान केविन अबासले २०१० मा खिचेका थिए ।
फोटोग्राफर केविनले बताए अनुसार बिजनेसम्यानलाई पहिलो पटकमै तस्विर मन परेको थियो । त्यसपछि दुबै जनाले एक एक गिलास वाइन पिए । केविनका अनुसार विजनेसम्यानले उनलाई भने “मलाई त्यो तस्विर चाहियो “। वाइन पिउदै दुबै जनाले तस्विरको सम्झौता गरे । भेट भएको दुई हप्तापछि त्यसको मुल्य पनि तय गरे ।
केविनका अनुसार उनीसँग यस्तै तिन वटा तस्विर थियो । यी मध्ये एउटालाई उनले सर्वियाको म्युजियमलाई दान गरे । एउटा उनको निजि संग्रालयमा राखे र अन्तिम तस्विरलाई उनले १ मिलियन युरोमा बेचे । यो भन्दा अगाडि पनि उनको तस्विर महंगोमा विक्ने गरेको उनी बताउछन ।
केविन आफनो ब्ल्याक ड्रप फोटोग्राफीको लागी प्रख्यात छन् । मानिसहरु उनको पोट्रेट तस्विरलाई धेरै नै मन पराउछन् । यही कारण उनको तस्विर लाखौमा विक्रि हुन्छ । यो तस्विरको लागी उनले केबल लाखमा मात्र आशा गरेका थिए तर उनले करोडमा पाउदा निकै हर्षित भएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा