सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संयुक्त राष्ट्रको एक मानव अधिकार समितिका अनुसार चीनले चरमपंथी –रोधी केन्द्र मा उइगर समुदायका १० लाख मानिसहरुलाई बन्दि बनाएर राखेको गोप्य सुचनाबाट खुलासा भएको बताएको छ ।
विविसीको रिपोर्ट अनुसार संयुक्त राष्ट्र नस्लभेद उन्मुलन समितिका एक सदस्य गे मैकडौगलले चीनमाथि संयुक्त राष्ट्रसंघको दुई दिवसिय बैठकमा शुक्रबार उक्त दावी गरेका हुन् । उनले भनेका छन कि बेइजिङले उइगर स्वायत क्षेत्रलाई यसरी बदल्यो कि यो एक ठुलो नजरबन्दि शिविरमा परिवर्तन भएको छ ।
चीनले अहिलेसम्म यी रिपोर्टको विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । बेइजिङ यो भन्दा पहिला यस्तो खाले शिविरलाई नकरादै आएको थियो ।
उइगर मुख्यतः चीनको शिनजियांग प्रान्तमा बसेका मुस्लिम अल्पसंख्यक जाती हुन । उनीहरु जनसंख्याको ४५ प्रतिशत मात्र उक्त प्रान्तमा बस्छन् ।
एमनेस्टी र मानअधिकार हेर्ने समेत मानवअधिकार संगठनले संयुक्त राष्ट्र समितिमा गरिएको रिपोर्ट अनुसार शविरमा सामुहिक बन्दि बनाएको दावी गरिएको छ, जहाँ जबरजस्ती बन्दिहरुलाइै चीनीया राष्ट्रपति शी जिनपिंग प्रति इमानदारिताको कसम खुवाईन्छ ।
विश्व उइगर कांग्रेसले आफनो रिपोर्टमा भनेको छ कि बन्दिहरुलाई बिना आरोप बन्दि बनाएर राखिन्छ र जबरजस्ति कम्युनिस्ट पार्टीको नारा लगाउनको लागी वाध्य बनाइन्ट । रिपोर्ट अनुसार, अधिकांश बन्दिहरु माथि अपराधको कुनै पनि आरोप छैन ।
न्युयोर्क टाइम्सका अनुसार, बैठकमा उपस्थित ५० सदस्यीय चीनीया प्रतिनिधिमण्डलका सदस्यले आरोपको मौनता तोड्दै उक्त आरोपका खण्डन गरेका छन् । यद्यपी, संयुक्त राष्ट्र संघको लागी चीनका राजदुत यू जियानहुआले भने अल्पसंख्यहरुको लागी चिनिया नितिले सद्धभाव र एकता बढाउने कार्य गरेका बताए । जियानहुआले शिनजियांग क्षेत्रको आर्थिक विकासको कारण करीब २ करोड मानिसहरु गरीबीको रेखाबाट माथि आएको दावी गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा