भर्खरै

लागूअाैषध एम्पुल सहित बानेश्वरबाट २ पक्राउ


 August 10, 2018     सेतो खबर

काठमाडौं, साउन २५। काठमाडौं महानगरपालिका ३१ बानेश्वर जागृती नगरबाट प्रहरीले लागूअाैषध सहित २ जनालार्इ पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका ९ घर भएका २६ वर्षीय सन्तोष लामा र सुनसरी धरान १७ घर भएका २६ वर्षीय धनबहादुर राई रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ।

उनीहरूलार्इ नुर्फिन ४८ एम्पुल, डाइजेल्याब ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र ९५ थान सिरिञ्ज सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हाे।

LIC



Ime Inside