सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मौका थियो स्वतन्त्रता दिवसको साँझ देशभक्ती गीत गाउने । पाकिस्तानी गायक आतिफ असलमलाई न्युयोर्कमा यो महिनाको शुरुवातमा आयोजीत पाकिस्तानी स्वतन्त्रता दिवस समारोहमा एउटा देशभक्ति गित गाउन पुगेका अतिफले जुन गित गाए त्यो हिन्दि गित थियो । त्यसपछि उनी केवल सोशल मिडियामा ट्रोल मात्र बनेन उनलाई देशको मुख्यधारको मिडियाले पनि आलोचना गरीरहेको छ ।
आतिफले बलिउडको कैयौ फिल्ममा आफनो आवाज दिइसकेका छन् । न्यूयोर्कमा पाकिस्तानी स्वतन्त्रता दिवस समारोह कार्यक्रममा २००९ मा रिलिज भएको रणविर कपुर र कटरीना कैफको फिल्म “अजब प्रेम की गजब कहानी” को गित “तेरा होने लगा हु” बोलको गित गाएका थिए । त्यो समय उक्त गित निकै नै लोकप्रिया भएको थियो ।
स्वतन्त्रता दिवसको अवसरमा आयोजीत परेडमा हिन्दि गित गाएपछि देशको कैयौले आतिफको देशभक्ति माथि पनि प्रश्न उठाएका छन् ।
एउटा ट्विटर युजरले लेखे “आतिफ असलमको लागी कुनै पनि सम्मान छेन” ।
दोस्रो युजरले आतिफ असलमलाई बहिष्कार गर्ने कुरा गरेका छन् ।
एउटाले लेखेका छन् “आतिफ असलमलाई बहिष्कार गरौ हाम्रो भावनामा चोट पुर्याए “।
यद्यपी, गायक शफकत अमानत अली सहित कैयौ मानिसहरुले यो सम्बन्धमा आतिफ असलमको बचाउ पनि गरे । अलीले पनि बलिउडका कैयौ फिल्ममा आफनो आवज दिएका छन् ।
फिल्म समिक्षक ओमैर अल्वी भन्छन् सबैले यो बुझ्न जरुरी छ कि बलीउडको फिल्म र शो पाकिस्तानी सिनेमा घर तथा टिवि च्यानलमा प्रसारण हुन्छन् । फिल्म, संगीत र कलाको कुनै पनि सिमा हुदैन ।
उनले सवाल गरे के पाकिस्तानी भारतीय फिल्म हेर्न जादैनन् ? के भारतीय शो हाम्रो टिवि च्यानलमा देखाइदैन ?
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा