सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर, साउन २५ । गृहमन्त्री रामबहादुर थापाले ११ वर्षीय निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि गरिएको इन्काउन्टर फेक (झूठो) नभएको दावी गरेका छन्। मन्त्री थापाले प्रहरीसँगको मुठभेडमा अपहरणकारी मारिएको दावी गरेका हुन्।
बिहीवार व्यवस्थापिका संसदअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने प्रतिबद्धता गरेका गृहमन्त्री थापाले शुक्रबार चितवनमा इन्काउन्टर फेक नभएको बताएका हुन्।
यो पनि पढ्नुहोस्, :
प्रहरी इन्काउन्टरमा बालक अपहरण गर्ने २ अपहरणकारी मारीएइन्काउन्टर प्रकरण : इन्काउन्टर नभई हत्या भएको भन्दै मृतकका परिवारद्वारा आयोग उजुरी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा