सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २५ । आज देशभर मौसम बदली भइ धेरै ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो ।
शुक्रबार त्यो रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकीदेखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साना ठूला सबै नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सावधानी तथा पूर्व तयारी गर्न बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।
#HighAlert!!
सुनसरी-चतरामा भारी वर्षा(152mm in last 3 hrs)
यस्तै वर्षा मोरङ,सुनसरी, सप्तरी, उदयपुर जिल्लाहरु र आसपासका जिल्लाहरुमा समेत भैरहेको देखिन्छ
ती जिल्लाका चुरेबाट बहने स-साना सवै खोलानाला(सुनसरी, बुढी, त्रियुगा, तावा, खांडो लगायतमा उच्च सतर्कता अपनाऔं।
२५श्रावण,विहान५ः५० pic.twitter.com/pQB8fbDTTP— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 10, 2018
भोली र पर्सी देखि प्राय नदीहरूमा बहाव सतर्कता र केहिमा खतरा तह आसपास हुने पूर्वानुमान रहेकाले निन्दा, बिरिङ कन्काई, कमला, खाडो, गागन, रातु, त्रियुगा, लालबकैया, लोथर, मनहरी, रिउखोला, पुर्विराप्ती, बाणगंगा, अरूणखोला, बिनयखोला, तिनाउ, बाणगङगा, मोहना, मछेली लगायत तराईमा सतर्क रहौं pic.twitter.com/KpECssikkh
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 10, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा