सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्वत, साउन २५ । नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको । पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा एमालेबाट ७२, नेकपा माओवादी केन्द्रबाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो ।
पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए ।
“पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ,” उनले भने — कमिटीका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ ।
सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा