सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २४। बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको रुपमा नेपाली सेनाको कमान्ड सम्हालेका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीले आजै सैनिक मुख्यालय जंगी अड्डामा आयोजित विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेनाको कार्यभार हस्तान्तरण गरेका हुन।
थापाले जंगी अड्डाको भित्तामा टाँसिएको पृश्वीनारायण शाहको ठुलो तस्विर मुनि बाट कार्यभार लिएका हुन । उक्त फोटोमुनिसँगै नेपालको झण्डा तथा सेनाको निशान झण्डाहरु राखिएको थियो ।
भदौ २४ गतेदेखि अवकाश पाउन लागेका प्रधानसेनापति राजेन्द्र क्षत्री बिहीबारदेखि बिदामा बसेपछि थापाले सेनाको कमान्ड सम्हालेका हुन्।
रथी थापालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएकी थिइन्।
बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नेछन् । थापाले तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन्।
विसं २०१७ भदौ २५ गते गाउँ शहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा