भर्खरै

नेपाल बङ्गलादेश बैँक र सगरमाथा ईन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता


 August 9, 2018     सेतो खबर

काठमाण्डौ, साउन २४ । नेपाल बङ्गलादेश बैक र सगरमाथा ईन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता भएको छ ।

बुधबार बैकको मुख्य कार्यालयमा भएको  सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत एस. के. रावलले हस्ताक्षर गरेका छन् ।

बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई निर्जिबन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।

योसँगै सगरमाथा ईन्स्योरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग नेपाल बंगलादेश बैंकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा निर्जिबन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछ ।

LIC



Ime Inside