सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा, साउन २४ । सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुरबाट अपरिचित बन्दुकधारी समूहले पेस्तोल देखाएर बिहीबार दिउँसै २५ लाख ६० हजार रकम लुटिएको छ। बिहीबार दिउँसो १२ : ३० बजे बन्दुकधारी समूहले राजाराम साहसँग २५ लाख ६० हजार रकम लुटेर लगेको छ।
कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम सव मनी ट्रान्सफरका सञ्चालक राजाराम साहबाट उक्त रकम लुटिएको मिर्चैया प्रहरीले जनाएको छ। ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर कार्यालय आउँदै थिए।
उक्त रकम लिएर मोटरसाईकलमा जाँदै गरेका साहलाई राघोपुर नजिक दुईवटा मोटरसाईकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहले बताए।
लुटेरा समूहको खोजीकार्य तिव्र पारिएको प्रहरीले बताएको छ। दिउँसै पेस्तोल ताकेर रकम लुटिएपछि यस क्षेत्रका व्यपारिहरु त्रसित बनेका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा