सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २४ । पहिलो सिजनले धमाका मच्चाएको चर्चित टेलिभिजन रियालटी शो नेपाल आइडलको दोस्रो सिजन आज देखि सुरु हुँदैछ । शो. एपिवान टेलिभिजन मार्फत आजबाट हरेक हप्ताको बिहिबार र शुक्रबार राती ८ : ३० प्रसारण हुनेछ ।
यो सिजनको निर्णायकमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् । प्रस्तोतामा रीमा विश्वकर्मासंगै नयाँ अनुहार आसिफ शाहलार्इ देख्न सकिने छ ।
‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको प्रतियोगीतामा शिर्ष बिजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज पाउनेछन् ।
पहिलो संस्करणमा पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बनेका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा