सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्सलाई दोस्रो पटक विश्वकप जिताउन अहम भुमिका खेलेका युवा फुटबलर पाल पोग्बा म्यानचेष्टर युनाइटेडलाई छोडेर स्पेनीस क्लब बार्सिलोनाको हात थाम्न सक्ने भएका छन् । मिडिया रिपोर्ट अनुसार पोग्बाका म्यानेजर जोस मारिन्होसँग राम्रो सम्बन्ध बन्न नसक्दा उनी युनाइटेडसँगको नाता तोड्न चाहेको खबर वाहिरिएको छ ।
२५ बर्षिय पोग्बा पाँच बर्षको लागी १२.७२ अरब रुपैया (१०० मिलियन युरो) मा बार्सिलोनासँग करार गर्न सक्नेछन् । उनलाई एक हप्ताको ४.४० करोड दिइनेछ भने यो युनाइटेडले दिएको रकम भन्दा दुई गुणा बढि हो ।
पोग्बा दुई बर्ष पहिला जुवेंटसलाई छोडेर युनाइटेडमा आबद्ध भएका थिए । २०१६ मा युनाइटेडले उनलाई जुवेंटससँग ११ अरब रुपैयामा खरिद गरेको थियो । उनले युनाईटेडसँग २.२८ करोडको ठाउँमा ४.८ करोड रुपैया मागेका थिए तर क्लबले भने उक्त रकम दिन अस्विकार गर्यो । उनले चिल्लिका खेलाडी एलेक्सिस सांचेजको जती नै मागेका थिए, तर क्लबले रकम बढाउन नमान्दा क्लब छोड्ने मनस्थितिमा पोग्बा पुगेका हुन् ।
पोग्बाले म्यानचेष्टर युनाईटेडको लागी ८८ म्याचमा ५ गोल गरीसकेका छन् भने जुवेंटसको लागी १७८ प्रतिस्पर्धामा ३४ गोल गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा