सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुन्दा अचम्म लाग्न सक्छ, पोखराकी ५४ बर्षकी गोमा पराजुली कक्षा ४ मा पढ्दैछिन । एउटा सरकारी बिद्यालयमा आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरु संगै बसेर उनी दैनिक रुपमा स्कुल जाने गर्दछिन । ५० बर्ष काटेपछी धेरै मानिसहरु धर्मकर्म तिर लाग्छन । मठ मन्दीर तिरै दैनिकी बित्ने गर्छ । तर गोमा पराजुलीको दैनिकी भने बिद्यालयमै बित्ने गरेको छ ।
शुरुमा उनी स्कुलमा भर्ना हुन जादाँ त्यहाँका शिक्षकहरु पनि अचम्ममा परे । आफ्नो उमेर भन्दा झण्डै दोब्बर उमेरकी गोमा पराजुलीलाई पढाउन शुरुमा शिक्षकहरुलाई पनि अप्ठ्यारो लाग्यो । पछि बिस्तारै सहज हुदै गयो । उनै गोमा पराजुलीको दैनिकी, स्कुलको रमाइलो, उनका शिक्षकहरु संगको भनाई समेतलाई समेटेर निकै रोचक भिडियो सार्वजनिक गरीएको छ ।
हेर्नुहोस यो रोचक भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा