सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २३ । बुधबार राष्ट्रिय मानव अधिकार आयोगको हरिहरभवनस्थित कार्यालय पुगेर अजय तामाङ र गोपाल तामाङका परिवारले घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका छन् ।
आयोगले उक्त घटनाको वास्तविकताबारे छानविन गर्ने आश्वासन समेत पीडित परिवारलाई दिएको छ । काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका अजय तामाङ र नुवाकोटका गोपाल तामाङमाथि इन्काउन्टर गरिएको जनाएको थियो ।
मारिएका दुवै युवाका परिवारले उजुरी दिँदै घटनाको सत्यतथ्य छानबिन गर्न आयोगका अधिकारी समक्ष माग गरेका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा