सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो तीन बजेका लागि डाकिएको छ। केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा समसामयिक सन्दर्भ र आन्तरिक विषयबस्तु माथी छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले पछिल्लो समय भइरहेका राजनीतिक घटना क्रम, प्रधानन्यायाधीशको नियुक्ति लगायतका विषयमा छलफल हुने बताए।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्ति, सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने लगायतका विषयमा पनि पार्टीले गम्भिर छलफल गर्ने स्रोतले बतायो। पार्टीलाई एक ढिक्का बनाएर शसक्त प्रतिपक्षिको भूमिका निर्वाह गर्नुपर्ने विषयलाई बैठकमा प्राथमिकता दिइने बतइएकाे छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा