सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २१ । काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणमा संलग्न दुई जनाको प्रहरी इन्काउन्टरमा परी मुत्यु भएको छ।
प्रहरीले प्राप्त गरेको सुचनाको आधारमा अपहरणकारीको पिछा गर्दै जाँदा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाहीमा चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मुत्यु हुनेमा अपहरणकारी अजय तामाङ र गोपाल तामाङ रहेका छन् ।
अपहरण गरिएको भनिएका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलेको छ। खड्काको शव थिमिमा भेटिएको प्रहरीले जनाएको छ।
आइतबार साँझदेखि अपहरणमा परेका बालक छुटाउन ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको छ।
घटनास्थलबाट प्रहरी एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड बरामद गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा