सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दश बर्ष पहिला चीनमा दुर्तगती रेल यानी बुलेट ट्रेन थिएन । दश बर्षमा नै चीनमा २५,००० किलोमिटर लामो दुर्तगतीको रेल नेटवर्क बन्यो । यो विश्वको कुल दुर्तगतीको रेल नेटवर्कको ६६ प्रतिशत हो । मात्र १० बर्षमा चीनले यती धेरै सफलता कसरी हासिल गर्यो ? जबकी यो आकडा हेर्ने हो भने नेपालको विकास एकदमै सुस्त छ ।
चीनमा आज ट्रेनको गति ३०० किलोमिटर प्रतिघण्टा छ । उसले काठमाण्डौ देखी पोखरा सम्मको यात्रा केबल ४० मिनेटमा नै पार गर्न सक्छ तर आज भन्दा १० बर्ष पहिला यस्तो थिएन ।
अगस्ट १, २००८ मा पहिलो पटक बेइजिङ–तियानजिंग बिच दुर्त गती शुरु भएको थियो । त्यही बर्ष नै बेइजिङले ओलपिंक खेलको आयोजना गरेको थियो । यो ट्रेनको अधिकतम राफ्तार ३४८ किलोमिटर प्रतिघण्टा थियो ।
समाचार एजेन्सि शिन्हुआको अनुसार, शुरुआतमा बेइजिङ–तियानजिंग रेलले एकैतर्फ ९४ फेरो लगाउथ्यो, जो अहिले २१७ पुगीसकेको छ । यसप्रकार पछिल्लो एक दशकमा यो रुटमा मात्र कुल २५ करोड मानिसहरुले यात्रा गरिसकेका छन् ।
आज चिनमा २५,००० किलोमिटरको दुर्तगतीको रेल नेटवर्क छ र २०१९ सम्म तिब्बतलाई छोडेर चीनको सबै प्रान्त दुर्तगती नेटवर्कद्धारा बेइजिङसँग जोडिनेछ । चीनको भौगोलीक अवस्थालाई हेर्ने हो भने यो उपलब्धि निकै छिटो र धेरै हो ।
कुल ४००० बुलेट ट्रेन
चाइना रेलवे कर्पोरेशनका अनुसार चीनमा हाल कुल ४,००० बुलेट ट्रेन चलिरहेको छ र हरेक दिन ४० लाख मानिसहरुलाई आफनो गन्तब्यसम्म पुर्याउछ । पहिलो जुन दुरी पार गर्न १८ घण्टा लाग्थ्यो अहिले त्यो केही घण्टामै पुगिन्छ । यसले मानिसहरुको जिवन शैलीमा धेरै नै बदलाव ल्यायो । अहिले उनीहरु आफना परिवारलाई धेरै समय दिन सक्छन भने ब्यापार ब्यवसायको लागी नयाँ बजार खोज्न पनि सक्छन् ।
शिन्हुआ अनुसार, २०२० सम्म चीनमा बुलेट ट्रेनको नेटवर्क ३०,००० किलोमिटर लामो हुनेछ र देशको ८० प्रतिशत ठुलो शहरहरुलाई समेट्नेछ । यतीमात्र होइन चीन अब दोस्रो देशमा पनि बुलेट ट्रेन बनाइरहेको छ यसको लागी उसले टर्कि, रुस र इण्डोनेशियासँग सम्झौता पनि गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा