सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रकृतिले हामीहरुलाई एक से एक अप्राप्य उपहार दिएको छ जसको सौदर्यको प्रेरणाबाट प्रभावीत हुदै मानीसहरुले यस्तो रचना गर्न पुग्दछन् कि त्यसलाई भगवानले पनि प्रशंसा गर्छन ।
भियतनामको गोल्डेन ब्रिज मानव कल्पना, मेहनत र कलात्मकताको उदाहरण बनीसकेको छ जसको तस्विर यो समय सोशल मिडियामा भाइरल भइरहेको छ । यो गोल्डेन ब्रिजलाई देख्दा यस्तो लाग्छ कि मानौ भगवानले स्वयंम प्रकट भएर आफनै हातले गोल्डेन ब्रिजलाई सहारा दिएर उठाएको हो । त्यसैले त यसको नाम “ह्याण्डस अफ गड” राखिएको छ ।
समुन्द्रि सतहबाट १,४०० मिटरको उचाईमा रहेको मध्य भियतनामको दा नांगमा बनेको “काउ वांग” पुललाई गोल्डन ब्रिजको नाम दिइएको छ । यसको सौदर्यतालाई झन बढाउनको लागी ब्रिजको दुबैतर्फ लोबेलिया क्राइसेथेमम प्रजातीको फुल लगाइएको छ जसमा सुनौलो रंगको ब्रासलेट लगाइदिइएको छ ।
ढुङगालाई कुदेर बनाइएको हातको कालीगढी यस्तो अद्धभुत छ मानौ यो जिवित हो ।
१५० मिटर लामो यो पुलबाट आकर्षक पहाडहरु र हरियो जंगलको मनमोहक दृश्य देख्न सकिन्छ । जसले मानवलाई आफुतिर आकर्षण गरिरहेको छ । प्रकृतिको काखमा ईश्वरको हातले उठाइएको जस्तो देखिने पुल जसले एउटा रोमाञ्चक आनन्द दिन्छ ।
हातलाई ढुङगाको रंगबाट रंगाइएको छ जुन हेर्दा चट्टानबाट हात उम्रेको जस्तो देखिन्छ । यो हात एकदम बलियो छ जसलाई स्टिलको जाली र फाइबर ग्लासबाट बनाइएको छ । यो हातमाथि घाँस पनि उमारिएको छ ताकि यो नजिकैको जंगलको भाग जस्तै लागोस । बादल र कुहिरोको विच यसले मानिसहरुलाई हिड्नको लागी एउटा गन्तब्य देखाएको जस्तो देखिन्छ ।
समग्र पुललाई अहिले बैगनी फुलले सजाइएको छ । “ह्याण्डस् अफ गड” भएर जाने पुलको चारैतिर फुलै फुलले सजिएको देख्दा निकै आकर्षक देखिएको छ । यो पुलको आकर्षणलाई देखेर ब्राइडल फेशन शो को पनि आयोजना गरिएको थियो । गोल्डन ब्रिजलाई हेर्न अगिल्लो बर्षमात्र २.५ करोड आन्तरिक तगा वाह्य पर्यटकहरु आएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा