सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बंगलादेशमा एमबिबिएस अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। एमबिबिएसको पढाइ सकेर एक साताअघि मात्र इन्टर्सिप सुरु गरेका राजिव श्रीवास्तवले बुधबार आत्महत्या गरेका हुन्। उनले ढाकास्थित कम्युनिटी बेस्ड मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेका थिए।
उनले कलेजका प्रिन्सिपलसँगको विवादका कारण आत्महत्या गरेको खबर बाहिर आइरहेको छ। बंगलादेश प्रहरीले भने आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
कलेजले उनीसँग अतिरिक्त शुल्क माग गरेपछि विवाद बढेको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले जनाएका छन्। श्रीवास्तवले आत्महत्या गरेपछि कलेजका प्रिन्सिपल मिर्जा मन्जुरुल हकले ‘आत्महत्या सामान्य कुरा हो’ भनेपछि नेपालीसहित बंगलादेशी विद्यार्थी आक्रोशित बनेका छन्।
नेपाली विद्यार्थीका अनुसार उनीसँगै रहेका साथी बाहिर गएको समयमा श्रीबास्तावले होस्टलको कोठामा बुधबार बिहान साढे ११ बजे झुन्डिएर आत्महत्या गरेका हुन्।
गत वर्ष पनि बंगलादेशको पायोनिय मेडिकल कलेजमा अध्यनरत एक छात्राले पनि अात्महत्या गरेकी थिइन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा