सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन १७ । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नियमित तर्फ ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् ।
यस्तै, २ दशमलव ०१ देखि २ दशमलव ८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ जना, २ दशमलव ०१ देखि २ दशमलव ४० जीपीए ल्याउने ९० हजार २ सय ९९ जना, १ दशमलव ६१ देखि २ जीपीएसम्म ल्याउने ६६ हजार ४ सय ३८ जना रहेको बोर्डले जनाएको छ ।
यस्तै १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ जना र शुन्य दशमलव ८१ देखि १ दशमलव २० जीपीए ल्याउने ४ हजार ४ सय ८८, जना र शुन्यदेखि शुन्य दशमलव ८० जीपीए ल्याउने १ सय ९९ जना छन् ।
यसैगरि, आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । गएको बैशाखमा लिइएको सवै विषयको १२ कक्षाको परीक्षामा नियमित तर्फ २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सहभागि थिए । आंशिकतर्फ १ लाख १७ हजार ४ सय १४ जनाले परीक्षा दिएका थिए ।
परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np,राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।
यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा