सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउन १६ । युएई सरकारले विभिन्न कारणले अवैधानिक बनेका आप्रवासीलाई क्षमादान सहितको ३ महिने आममाफी कार्यक्रम ल्याएको छ । अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।
अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।
यो अवसरको फाइदा लिन युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् ।
नेपाली दूतावासले पनि यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
`
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा