सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीका को सिलिकन भ्यालीमा बस्ने डेविड केसारेजले बेरोजगारीसँग लड्नको लागी एउटा अनौठो तरिका अपनाएका छन् । उनले जिन्दगी प्रति हार नमान्दै सडकमा मानिसहरुलाई आफनो वायोडाटा बाड्न शुरु गरेका छन् । यसको साथै उनले आफनो हातमा प्ले कार्ड लिएर उभिएका छन जसमा लेखिएको थियो “घरवारविहिन तर सफलताको भोको, रिज्युम लिनुहोस ” !
वेभ डेभलपरको काम गरीसकेका यि ब्यक्तिको यो तरीकाले राम्रो काम गरेको छ र उसलाई गुगल, लिंक्डेन सहित २०० कम्पनिहरुले अहिले जागीरको अफर गरेका छन् ।
डेविडको यो तरीका सफल तब भयो जब एक महिलाले उसको फोटो रिज्युमसँग ट्विटरमा पोस्ट गरीन । यसपछि जागीरहरुको लाइन नै लाग्यो । अहिले उनलाई ठुला ठुला कम्पनिहरुबाट फोन आइरहेको छ ।
डेविडले जागीर खोज्दा खोज्दा थाकिसकेको र आफुसँग जतिपनि भएको पैसा सबै भएको बताए । उनी न घर जान चाहन्थे नत हार मान्न नै । यसपछि उनी सिलिकन भ्यालीको गल्लिहरुमा वायोडाटा बाड्न शुरु गर्न थाले ।
जब डेविड सिलिकन भ्यालीको गल्लिहरुमा वायोडाटा बाडिरहेका थिए तब उनलाई जेसमिन स्काफिल्ड नामको एक महिलाले देखिन । उनले नै ट्विटरमा डेविडलाई जागीर दिलाउनको लागी डेविड लगायत उसको वायोडाटाको फोटो पोस्ट गरे । त्यसपछि मानिसहरुले “गेट डेविड अ जब” (डेविडलाई जागीर दिलाउनुहोस) ह्याशट्याग अभियान शुरु गर्न थाले । यसको लागी मानिसहरुले जेसमिनसँग पनि सम्पर्क गर्न थाले । जेसमिनको अनुसार डेविडलाई अहिलेसम्ममा धेरै जागीरको अफर आईसकेको छ ।
टेक्सासको युर्निभसिटिमा म्यानेजमेन्टको पढाई पुरा गरीसकेका डेविडलाई जागीरबाट निकालिएको थियो । उसले २०१४ देखी २०१७ सम्म जर्नरल मोटर्समा काम गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा