भर्खरै

चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक


 July 29, 2018     सेतो खबर

काठमाडौँ, साउन १३ । अभिनेता गौरव पहारी र अभिनेत्री मरिश्का पोखरेल स्टारर कमेडी फिल्म ‘मिस्टर भर्जिन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

यो फिल्म भाद्र १ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो मितिलाई निर्माण टिमले ‘स्वर्गद्वार जाने दिन’ भन्दै प्रचार गरिरहेको छ ।

ट्रेलर हेर्नुहोस्, : 

LIC
LIC



Ime Inside