सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो समयदेखी प्रियंका चोपडा बलीउडमा फर्कने चर्चाले ब्यापकता पाएको थियो । प्रियंकाले सलमान खानसँग अली अब्बास जफर को ‘भारत’ साइन पनि गरेकी थिइन तर पछिल्लो समय उनले ‘भारत’ छोडेको खबर आयो र उनले सलमानको विग बजेट फिल्म छोड्नुको पछाडि निक जोनस भएको बताइएको थियो । तर पछिल्लो खबर अनुसार उनले ‘भारत’ खेल्नै नचाहेर छोडेको हल्ला आएको छ ।
प्रियंकाले फिल्म नखेल्ने बताएसँग पुरै टिमको अगाडि ठुलो प्रश्न उठेको थियो कि अब ‘भारत’ मा सलमानलाई कस्ले साथ दिन्छन ?
डिएनए को एक रिपोर्ट अनुसार यो फिल्मको लागी केटरिनालाई लगभग फाइनल गरिएको छ । यो भन्दा पहिला पनि ‘भारत’ मा केटरिना जोडिन सक्ने हल्ला चलेको थियो तर पछि प्रियंकाको आगमनले सबैलाई चकित पनि बनाएको थियो ।
अहिले केटरिनाले दुई वटा विग बजेट फिल्ममा काम गरिरहेकि छिन् । एउटा साहरुख खानसँग ‘जिरो’ मा देखिने भएकि छिन भने दोस्रो आमिरसँग ‘ठग्स अफ हिन्दुस्तान’ को शुटिङ पुरा गर्न तिर लागेकी छिन् । अब कट्रिनाले सेप्टेम्बरपछि मात्र फिल्मको टिममा समावेश हुन सक्छिन । यो भन्दा अगाडि उनी आफनो दुबै फिल्मको शुटिङ सक्नेछिन ।
केटरिना, अली अब्बास जफर र सलमान खानसँग यस अघि नै ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ जस्तो विग वजेट फिल्ममा एकसाथ काम गरिसकेकी छिन । सलमान र केटरिनाको जोडीलाई फ्यानहरुले धेरै नै मन पनि पराउछन् । केटरिनाको निर्देशक अलि अब्बास जफरसँग पनि राम्रो सम्बन्ध छ भने सलमान खानको लागी त झन केटरिना जे पनि गर्न सक्छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा