सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रियंका चोपडाले सलमान खानको विग बजेट फिल्म ‘भारत’ लाई छोड्दै आफनो फ्यानहरुलाई मात्र होइन पुरै फिल्म युनिट र सलमान खानलाई समेत चकित पारेकी छिन् ।
उनले फिल्म छोड्नुको कारण भनेको उनले हलिउड ब्वाइफ्रेन्ड निक जोनससँग इन्गेजमेन्ट गरीसकेको बुझिएको छ । पिपुल वेभसाइट अनुसार निक जोनसले न्युयोर्क सिटि को टिफ्यानी स्टोरबाट प्रियंकाको लागी औठि किनेको बताएको छ ।
प्रियंका, निकलाई पछिल्लो दुई महिनादेखी डेट गरिरहेकी थिइन भने अहिले उनले गुपचुप इन्गेजमेन्ट गरेको खबर आएको छ । खबर अनुसार प्रियंका निकसँग अक्टोबरमा विवाह गर्देछिन् । निक, प्रियंका भन्दा १० बर्ष कान्छा छन् । केही दिन पहिला मात्र प्रियंका, निकलाई आफनो आमासँग मिलाउनको लागी भारतमा ल्याएकी थिइन । यसपछि निक र प्रियंकाको पुरै परिवार गोवा गएका थिए ।
प्रियंका २ बर्षपछि फिल्म भारत बाट बलीउडमा फर्कदै थिइन । तर निकसँगको विवाहको लागी उनले यती ठुलो फिल्म पनि छाडेकी छिन् । फिल्म छोडेका जानकारी निर्देशक अली अब्बास जफर आफैले ट्विट गर्दे दिएका थिए । यता सलमान खान रिसाउदै अब कहिलेपनि प्रियंका चोपडासँग काम नगर्ने कसम पनि खाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा