सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कोलंबिया एउटा यस्तो देश हो जहाँ विश्वभरमा ड्रग तस्करीको लागी प्रख्यात छ । यहाँ कैयौ बर्षदेखी ड्रग तस्करहरुले आफनो कारोबार जमाएर बसेका छन् तर सोब्रा नामको एउटा कुकुरले कैयौ तस्करहरुको निन्द्रा खराब गरेको छ ।
जानकारी अनुसार यो कुकुरले २ बर्षमा करीब ६८ करोड रुपैयाको ड्रग पक्राउ गर्न मद्यत गरेको थियो । यो विशेष कुकुर देखी चिन्तित तस्करहरुले कुकुरमाथि ८० लाख रुपैयाको इनाम घोषणा गरेका छन् । तस्करहरुले सोब्रालाई जिउदो वा मुर्दा ल्याउने ब्यक्तिलाई ८० लाख दिने घोषणा गरेका हुन् ।
अचम्मको कुरा के छ भने कोलंबियाको पुलिसले स्वयम यो कुकुरको बारेमा ट्विट गर्दे मानिसहरुलाई यो कुराको जानकारी गराएका हुन् । जर्मन शेफर्ड सोब्रा पछिल्लो दुई बर्षदेखि कोलंबियाको प्रहरी विभागमा काम गर्दछ । मिडिया रिपोर्ट अनुसार, यो कुकुरको सहयोगमा प्रहरीले २४५ अपराधिहरुलाई समातिसकेको छ । सोब्राको ड्युटि दुईवटा ठुला एयरपोर्टमा लगाइएको छ ।
रिपोर्ट अनुसार पहिलो पटक सोब्राले मार्च २०१६ मा पहिलो मुद्धा सुल्झाएको थियो । त्यो बेला उक्त कुकुरले सुघ्ने विशेष गुणको कारण केरोको बक्समा लुकाएर राखिएको २९५८ किलो कोकीन जफत गर्न सघाएको थियो । यो बक्स बेल्जिय तस्कर गरिदै थियो । यसपछि मे २०१७ मा सोब्राले बेल्जियम पठाउन लागिएको १.१ टन कोकीनलाई पनि जफत गराएको थियो ।
यसपछि ५.३ टन कोकीन पनि पक्राउ गराएको थियो । सोब्रा बुलेटप्रुफ गाडिमा हिड्छ भने गन बोकेका ब्यक्ति पनि रहन्छन् । एयरपोर्टमा पीक हावरमा करीब ६ घण्टा कुकुरलाई ड्यूटिमा खटाइन्छ । कुकुरसँग काम गर्ने अन्य प्रहरीहरुका अनुसार यो कुकुर अरु कुकुर भन्दा तेजिलो छ भने उमेर करिब ६ बर्षको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा