सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन ७ । मेगा बैकले ‘मेगा प्रोफेशनल लोन’ सहित तीन वटा आकर्षक कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैक आठौँ बर्ष पूरा गरी नवौँ बर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित बार्षिकोत्सव कार्यक्रममा बैकको सिईओ अनुपमा खुजेलीले तीन वटा आकर्षक कर्जा योजनाहरु सार्वजनिक गरेकी हुन् ।
बैकले साना तथा मझौला व्यावसायको प्रबर्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक गरेको हो ।
यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सिइओ खुजेलीले जानकारी दिइन ।
बैकले राम्रो सेवा दिन सर्भिस डेलिभरी अफिसर पनि नियुक्त गरेको छ । तुलनात्मक रुपमा राम्रो सेवा दिन सर्भिस डेलिभरी अफिसर नियुक्त गरेको सिईओ खुजेलीले बताइन ।
उनले भनिन् “राम्रो सेवा दिन मेगा बैकले सर्भिस डेलिभरी अफिसर नियुक्त गरीसकेको छ, जसले शाखाहरुमा गएर बैकको एडमिन, मेगाको कल्चर, सर्भिस स्ट्याण्डर्ड डेलिभरी भईरहेको छ छैन भनेर अडिट गर्नेछ” ।
साथै उनले प्रत्येक शाखालाई कामको आधारमा ए प्लस, ए, बि प्लस, बि गरी बर्गिकरण गरेको र प्रत्येक शाखामा डिपोजिट रिलेसनसिप म्यानेजर पनि नियुक्त गरेको जानकारी दिइन ।
बैकले अनलाइन ट्रेड सर्भिस, फास्ट ट्रयाक ग्यारेन्टी इसुऐन्स, अनलाइन खाता खोल्ने जस्ता सेवालाई ग्राहकले अत्याधुनिक मन पराएको जानकारी दिइन ।
‘हलोदेखि हाइड्रो’सम्म भन्ने लिएर हिडेको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ ।
बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैकलाई मर्ज गरेपश्चात बैक मर्ज एटिटिको रुपमा दोस्रो स्थानमा परेको छ भने चुक्ता पुजी १०.२९ मिलियन पुगेको छ । असार २९ गते आफनो ७ औ बार्षिकोत्सव मार्फत बैकले १०.७५ प्रतिशत बोनश पनि पारित गरेको छ ।
बैकले टुरिजम डेभलपमेन्ट बैकको ३५ वटा शाखा र ५ वटा एक्शटेनशन काउण्टर तथा नियमन निकायले गाउँपालिकामा १८ वटा शाखा विस्तार गर्न दिएको निर्देशन बमोजिक सबै शाखा विस्तार गरी हाल बैकको १०१ वटा शाखा मार्फत आफना ५ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा