सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ७। चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेको छ । पन्ध्रौं पटक अनशनमा रहेका केसीको यो अहिलेसम्मको लामो आमरण अनशन पनि हो । डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल र यति लामो अनशन हुँदा पनि समस्या समाधानमा ठोस पहल भएको छैन ।
सरकार मागप्रति संवेदनशील नभएको भन्दै डा. केसी पक्षले पूर्ण म्यान्डेडसहितको वार्ता टोली गठन गर्न सरकारसित माग गरिरहेको छ । हाल गठित वार्ता टोलीसित डा. केसी पक्षले वार्ता गर्न मानेका छैनन् ।
जसले अनशन अझै लम्बिने अवस्था देखिदैछ । सरकारले संसद् स्थगित गरेर समाधान खोजने भनेपनि अझै केही पहल भएको छैन । सरकारले संसदमा लगेको विधेयक फिर्ता हुनुपर्ने माग राख्दै डा. केसीले गत असार १६ गते जुम्लाबाट अनसन थालेका थिए ।
डा. केसी हाल त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेका छन् । उनको मागप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न राजनैतिक दलले समेत काठमाडौमा आन्दोलन गर्दै आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा