सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, साउन ७ । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
देवघाट धाम संरक्षण प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार आज बिहान सबेरैबाट नजिकका तीर्थयात्री आउन शुरु गरेकोमा क्रमशः केही परबाट पनि तीर्थयात्री आउन थालेका छन् ।
देवघाटमा स्नान गरेमा पुण्य प्राप्ति हुने विश्वासका साथ सर्वसाधारण आउने क्रम जारी छ। मिश्रका अनुसार तराईका जिल्लामा भने साउन १४ गतेबाट मात्र बोलबम मेला शुरु हुने भएकाले सोपश्चात् भक्तजन बढ्ने छन् ।
देवघाट क्षेत्र विकास समितिले नदीको बाहव बढ्दै गएकाले उच्च सतर्कता अपनाउन भक्तजनलाई आग्रह गरेको छ । आज दिनभरमा एक लाख ५० हजार भक्तजन देवघाट आउने अनुमान समितिले गरेको छ ।
गत वर्ष सूर्य अस्त भएकाले तीन लाख हाराहारी मात्र तीर्थयात्री देवघाट आएकोमा यो वर्ष पाँच लाख पुग्ने अनुमान समितिको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा