सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जपानमा जुलाई महिनामा तापक्रम ४० डिग्रिसम्म पुग्नाले चलेको तातो हावाँले अहिलेसम्म करि २६ जनाको मुत्यु भएको छ, जसमा ११ जना बृद्धबुद्धाको मुत्यु भएको छ । यसको साथै १२ हजार भन्दा बढि मानिसको जुलाई महिनाको पहिलो हप्तामा नै अत्यधिक गर्मीको कारण अस्पतालमा नै भर्ना गनु परेको थियो । मौसम विभागले भने अधिकांश क्षेत्रमा तापक्रम अझ बढ्न सक्ने चेतावनी दिएको छ ।
जपानको विपत ब्यवस्थापन विभागले बताए अनुसार १५ जुलाईमा सकिएको दोस्रो हप्तामा १२ जनाको हिटस्ट्रोकको कारण मुत्यु भएको छ भने जबकी त्यो भन्दा पहिलो हप्तामा ३ जनाको मुत्यु भएको थियो ।
क्याडो न्युज एजेन्सिका अनुसार शनिवार मात्र हिटस्ट्रोकको कारण ११ जना बृद्धबृद्धाको मुत्यु भयो भने मौसम विभागका अनुसार मौसममा कुनै पनि सुधार हुने नदेखिएको जनाएको छ ।
पछिल्लो हप्ता स्कुल जाने क्रममा हिटस्ट्रोकको कारण ६ बर्षको एउटा बच्चाको मुत्यु भए पश्चात शिक्षा मन्त्रालयले मौसम सामान्य नभएसम्म स्कुलहरुको आउटडोर क्र्रियाकलप बन्द गर्न निर्देशन दिएको छ ।
यस्तो छ गर्मीको असर
२७०० मानिस जुलाईको पहिलो हप्तामा हिटस्ट्रोकले अस्पताल पुगे ।
९९०० भन्दा बढि मानिसहरु दोस्रो हप्तामा अस्पताल पुर्याइयो ।
३०९१ एम्बुलेन्सलाई परिचालन गनु पर्यो शनिवारमात्र ।
यति धेरै एम्बुलेन्स प्रयोग भएको पहिलो रेकर्ड
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा