सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन ६ । एनआईसी एशिया बैंक र सुर्य लाईफ इन्स्योरेन्स विच बैंकास्योरेन्स सम्झौता भएको छ । आइबार एक कार्यक्रमका विच सम्झौता पत्रमा बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर पश्चात एनआईसी एसिया बैंक लि. का २३२ वटै शाखाहरु मार्फत सुर्य लाइफ इन्सुरेन्स कम्पनी लि. को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
सम्झौता अनुसार, अब ग्राहकहरुले एनआईसी एसिया बैंकका देशभरि फैलिएर रहेका शाखाहरुबाट सुर्य लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल मुलुकभर २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ । बैंकको वासलातको आकार १७५अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५०अर्बमा करिब ११९ अर्ब लगानीमा रहेकोे छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा