सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ६ । विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सनेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिनुभएको हो ।
उहाँले डाक्टर केसीका माग पूरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी पनि दिनुभयो । डाक्टर गोविन्द केसीका माग जाहेज रहेको भन्दै उहाँले चिकित्सा शिक्षा विधेयक हुबहु पास गराउनै पर्ने बताउनुभयो । डाक्टर केसीको माग जाहेज रहेको भन्दै उहाँको जीवन रक्षाका लागि निरन्त लडिरहेन बताउनुभयो । कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि उहाँले निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो “प्रजातन्त्रका लागि हिजो पञ्चायतसँग लड्यौ, राणासंग लड्यौ, भोली कम्ष्युनिष्टसँग लड्न परे लड्छौ ।” शान्तिपूर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौंमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उहाँले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफूहरुले अहिले मात्रै चिन्दै आएको भन्दै उहाँले जनता र प्रजातन्त्रको विरुद्धमा स्थापना गर्न खोजिएको एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्न निर्देशन दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा