सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ५ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले शनिबार शिक्षण अस्पताल पुगी डा. गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन्।
अध्यक्ष वैद्यले डा. केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको डा केसीका सहयोगी विशद दाहालले जानकारी दिए। सहयोगी विशद दाहालका अनुसार साँझ अस्पताल पुगेका अध्यक्ष वैद्यलेले डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गरे।
चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २२ दिनको आमरण अनसनमा छन्। जुम्लामा अनसन सुरु गरेका डा केसीलाई सरकारले बिहीबार काठमाडौं ल्याए पनि उनले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आएका छन्।
साधारण स्लाइन मात्र लिने बताए पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनै पनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा