भर्खरै

आदित्य दाहालमा गुरु र स्रोतबिना नै ज्ञान हुनु आश्चर्यजनक : प्रधानमन्त्री


 July 21, 2018     सेतो खबर

काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताएका छन् ।

आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतबिना नै ज्ञान हुनु आफैंमा आश्चर्यजनक भएको बताए ।

उनले आदित्यको दार्शनिक शृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने बताउँदै आदित्यलाई आफ्नो ढंगले सोच–विचार गर्नदिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

‘आदित्यको शारीरिकमात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ’–प्रधानमन्त्री ओलीले भने–‘यसका लागि सरकार सहयोग गर्न तयार छ ।’

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सांस्कृतिक एवं धार्मिकरुपमा समृद्ध नेपाललाई आर्थिकरुपमा पनि समृद्ध बनाउनुपर्ने धारणा राखे ।

आदिमकालदेखि नै नेपाल ज्ञानको भन्डार भएको भन्दै अध्यक्ष दाहालले सांस्कृतिक तवरले नेपाल समृद्ध बनाउने विषयमा सबै लागिपर्नुपर्नेमा जोड दिए । रासस

LIC



Ime Inside