सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन ५ । नेपाल प्रहरी र नेपाली कांग्रेस भातृ संगठन तरुण दलको झडपमा अध्यक्ष जीतजंग बस्नेत सहित २ दर्जन बढी घाइते भएका छन् ।
नेपाल तरुण दलले अनसनरत डा. केसीको मागलाई लिएर सरकार विरुद्ध माइतिघरबाट निकालेको विरोध र्यालीमा निषेधित क्षेत्र तोड्न अघि बढ्दा बानेश्वरमा प्रहरी र प्रर्दशनकारी बिच झडप उत्पन्न भएको हो । एकछिनमै प्रर्दशनकारी र प्रहरी विचको घम्साघम्सीले पुरै बानेश्वर रणभूमीमा परिणत भएको थियो ।
नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो ।
झडपमा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो भने प्रर्दशनकारीले पनि सुरक्षाकर्मीलाई लक्षित गरि ढुंङगा प्रहार गरेका थिए । प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेपछि नयाँवानेश्वर वरपरको क्षेत्र रणभुमीमा परिणत भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा