सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ४ । डा. गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा.केसीको माग जायजः प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘डा केसीका विषयमा अध्यक्ष दाहालसँग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा भएको छैन्,’ विज्ञप्तिमा भनिएको छ, ‘डा केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।’
अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद व्यक्त गरिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा