सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, साउन ४। पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ ।
छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ ।
आव २०७३/७४ मा रु पाँच करोड राजश्व संकलन भएको थियो । आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा रु तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो ।
सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा