सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउडको चर्चित प्रोडक्शन कम्पनि यश राज फिल्मस चाडै ने एउटा ठुलो बजेट र शानदार स्टारकास्टसँग ठुलो पर्दामा आउदैछ । पछिल्लो समय मिडियामा चलेको खबर अनुसार आजकल यश राज फिल्मस आफनो आउदो फिल्मको तयारीमा जुटीरहेको छ ।
उनको यो फिल्ममा बलीउडका शानदार कलाकार तथा सिक्स प्याकवाला दुई स्टार टाइगर श्राँफ र ऋतिक रोशन एकसाथ देखिने भएका छन् । यी दुई सँगै बलीउड अभिनेत्री वानी कपुर पनिसँगै देखिने भएकी छिन ।
खबर अनुसार यशराज फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्म एक्शन फिल्म हो । यसको साथै यो फिल्मको शुटिङ १४ शहर र ६ शानदार देशमा हुने फिल्मका निर्देशक सिद्धार्थ आनंदले बताएका छन् । यो फिल्मको शुटिङ स्पेन, जर्जिया, इटली, पोर्चुगल र स्वीडेनमा हुनेछ ।
फिल्मको शुटिङ सेप्टेम्बरबाट शुरु हुनेछ भने पहिलोपटक टाइगर श्राँफ, ऋतिक रोशन र वानी कपुर एकसाथ ठुलो पर्दामा देखिदैछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा