भर्खरै

रोहिग्य शरणार्थी शिविरमा अहिलेसम्म छाइरहेको छ फिफा विश्वकपको नसा


 July 20, 2018     सेतो खबर

फिफा विश्वकप २०१८ सकियो तर विश्वको सबैभन्दा ठुलो शरणार्थी शिविरमा यसको नशा अहिलेसम्मको पनि जस्ताको तस्तै छ जहाँ बंगलादेशसँगै ब्राजील र अर्जेन्टिनाको झण्डा पनि फहराएको देखिन्छ । म्यान्मारबाट निक्लेका लाखौ रोहिग्या मुस्लिम शरणार्थिहरु बसेको यो शिविरमा फुटबलको फिभर पुरै विश्वकपको टुर्नामेन्ट भरी देखियो ।

रोहिग्य केटाहरुले शिविरको धुलोले भरिएको गल्लीमा विश्वकपको जस्तै ट्रफिलाई परेड गराए र साना साना फुटबल प्रेमीहरु उक्त ट्रफीलाई हेर्दे मन्त्रमुग्ध भए मानौ त्यो ट्रफी नक्कली नभएर सक्कली थियो ।

६ बर्षिय मोहम्मद रजाले भने “मेरो प्रिय टिम अर्जेन्टिना हो । मैले फाइनल हेर । क्रोएशिया र फ्रान्सको विच फाइनल म्याच भएको थियो जसमा फ्रान्सले जित्यो” ।

पाँच बर्षका नुरुल अफसरले भने “मेरो मनपर्ने खेलाडी नेयमार हो “।

ब्राजील र अर्जेन्टिनाको अलावा यहाँ स्पेन र युरोपियन क्लबको धेरै नै प्रशंसकहरु छन् । केही केटाहरुले आफनो कपाल नेयामारको जस्तै गरी काटेका छन भने अधिकांशले ब्राजीलको जर्सी लगाएको देखियो ।
इन्पुटः भाषा

LIC
LIC



Ime Inside