सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन ४ । एल.जी.ले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । विहिबार एक कार्यक्रमका विच एल.जी ले राजु काजि शाक्य, वाई.वि. घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको हो । उहाँहरुलाई नेपाली फुटबलमा गरेको योगदानका कारण सम्मान गरेका आयोजकले बताएको छ ।
कम्पनिले विश्वकप फुटबल शुरु हुनु अगावै एलजी सलुट मास्टर अफ फुटबल क्याम्पेन सञ्चालन गरेको थियो । यस क्याम्पेनमा एल.जी ले काठमाडौ लगायत मुख्य शहरहरुमा यो क्याम्पेन शुरु गरेको थियो । क्याम्पेनमा पूर्व फुटबल खेलाडिहरु सँग बसेर अन्र्तक्रिया तथा पुुराना फुटबल म्याचहरु सँग हेरेका थिए ।
साथै यस कार्यक्रममा दुई जना बंम्पर विक्लि ड्र अन्तर्गत ४३ इन्चको स्मार्ट टि.भी. को विजेता पनि घोषित गरिएको थियो । पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसादजीले क्रमश तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भई समार्ट टिभि जितेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा