सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३ । प्राध्यापक डाक्टर गोविन्द केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् ।
जुम्लाबाट काठमाण्डौको टुडिखेलमा सेनाको हेलिकप्टरले ल्याए लगतै त्रिवि शिक्षण अस्पताल लगिएका डा. केसीले बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै इच्छाविपरित आफूलाई ओली सरकारले बल प्रयोग गरी ल्याइएको भन्दै भत्सर्ना गरेका छन् ।
उनले सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी ब्यक्त पनि गरेका छन्। डा. के.सीले ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दे ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग समेत गरेका छन् ।
माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने तथा आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि विज्ञप्ति मार्फत हार्दिक आह्वान समेत गरेका छन् ।
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरू,
चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ । त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु ।
यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु । सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु ।
माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु ।
प्रा.डा. गोविन्द केसी
शिक्षण अस्पताल, महाराजगञ्ज ।
२०७५/४/३
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा